काठमाडौँ - साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ । बुधबार नेप्से परिसूचक २३.३९ अंकले बढेर १८४५.०१ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०० अंकले बढेर ३५२.९४ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता सेयर खरिद बिक्री हुँदा ८५ करोड ७६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।