images

दोस्रो बजारमा कारोबार नहुँदै ब्रोकरले नै बिक्री गर्दै छ प्रमोटर सेयर !

धितोपत्र दोस्रो बजारमा सेयर खरिद–बिक्री गर्न सहयोग गर्ने ब्रोकर कम्पनीहरूले नै अहिले टेलिफोनका आधारमा प्रमोटर सेयर बिक्री गर्न लागेका छन् ।  यसरी आफ्नो आधिकार क्षेत्र बाहिर गएर ब्रोकरहरूले कम्पनीको प्रमोटर सेयर बिक्री गर्न आफ्ना ग्राहकको फोन नम्बर अन्य कम्पनीलाई दिने गरेको पाइएको छ । यसरी ग्राहकको फोन नम्बरको दुरूपयोग गरेर अग्रवाल सेक्युरिटिज, विराटनगर शाखा कार्यालयले प्रभु स्टिल एण्ड हाइड्रो इक्विपमेन्ट इन्ड्रष्ट्रिज लिमिटेडको प्रमोटर सेयर प्रतिकित्ता ११५ रुपैयाँमा बिक्री गर्न लागेको जानकारी गराउँदै ‘म्यासेज’ पठाउने गरेको छ । यो कम्पनीले संस्थापक सेयर यसरी नै फोन र म्यासेज गरेर १९ लाख ५० हजारभन्दा बढी कित्ता बिक्री गरिसकेको कम्पनीको सेल्स एण्ड मार्केटिङ विभागका कर्मचारी सुरेन्द्र श्रेष्ठले बताए ।  यो कम्पनीको प्रमोटर सेयर खरिद गर्न चाहनेले न्यूनतम एक हजार कित्ता खरिद गर्न आवेदन दिनुपर्ने उनी बताउँछन् । 

बिहीबार ३० कात्तिक २०८० ०९:४५ AM मा प्रकाशित

प्रतिक्रिया