भोलीदेखि हवाइभाडामा भ्याट लाग्ने, हवाइयात्रा महंगिने

काठमाडौँ - मूल्य अभिवृद्धि कर भ्याट लाग्दा हवाइभाडादर करिब ६ प्रतिशतले महंगो हुने भएको छ । 

सरकारले आर्थिक वर्ष २०८०र०८१ को बजेट मार्फत् हवाइभाडामा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेको थियो । साउन १ गतेबाट लागु हुने गरी हवाइभाडामा भ्याट लगाइने वायुसेवा सञ्चालक संघले विज्ञप्तिमार्फत् जानकारी दिएको छ । 

अब हवाइभाडादरमा १३ प्रतिशत भ्याट पनि जोडिने भएको छ  । १३ प्रतिशत भ्याट जोडिँदै हवाइभाडा सरदरमा ६ प्रतिशतले महंगो हुने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।