images

घुस लिएको आरोपममा दुई प्राविधिक अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपममा दुई जनालाई नियन्त्रणमा लिएको छ । 
दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक ९अधिकृत० मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीलाई अख्तियारले नियन्त्रणमा लिएको हो । 
कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस लिएको भन्ने सूचनाका आधारमा अख्तियारको टोलिले मोहन सिंह धामी र अशोक सिंह धामीलाई चार लाख १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा फेला पारेको  हो ।
उनीहरूको साथबाट ४५ लाख ६० हजारको ५ थान चेक र अशोक सिंह धामीको नाममा काटिएको दुई लाख ५० हजारको दुईवटा चेक गरी पाँच लाखको चेकसहित अख्तियारले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
 

मङ्गलबार १ साउन २०८१ ०३:०१ PM मा प्रकाशित

प्रतिक्रिया