बैंक तथा वित्तिय संस्थाहरुले साउनमा कति घटाउँदैछन् ब्याजदर ?

काठमाडौँ - साउनमा अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाउने भएका छन् ।

सोमबारदेखि लागू हुने गरी बैंकहरुले आइतबार सार्वजनिक गरेको ब्याजदरमा अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर घटेको छ भने केहीले स्थिर राखेका छन् ।

केही बैंकले भने ब्याजदर बढाउने भएका छन् । नेपाल बैंकर्स संघले ब्याज दरको कार्टेलिङ अन्त्य गरेपछि बैंकहरुको ब्याज दरमा विधिता देखिएको हो । ब्याजदर सार्वजनिक गरेका १८ वटा मध्ये दश वटाले ब्याजदर घटाएका हुन ।

ब्याजदर घटाउने बैंकहरुमा राष्ट्रिय बाणिज्य बैंक, प्रभु बैंक, नेपाल एसबीआइ बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, नेपाल बैंक र कृषि विकास बैंक रहेका छन् ।