images

आज यी चार प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
कोशी र मधेश प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश र बाग्मती  प्रदेशका थोरै स्थानहरुमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । 
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेश लगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 
बेलुकी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक देखी मौसम मुख्यतया सफा रहने छ। कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा पानी पर्ने सम्भावना रहेको छ । 
 

आइतबार​ २ असार २०८१ ०६:१० PM मा प्रकाशित

प्रतिक्रिया