images

सुनुवाइ समितिले प्रस्तावित १७ राजदूतबारेनिर्णय गर्दै

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आइतबार बस्दैछ । विकास,आर्थिक मामिलातथा सुशासन समितिको हलमाबिहान ९ बजे बस्ने बैठकले प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने बताइएको छ । बिहीबारे सुनुवाई सकिएका१७ देशकालागिसिफारिस राजदूतको सम्बन्धमा निर्णय गर्ने संघीय संसद सचिवालयले जनाएको छ । सरकारले गएको साउन १४ गते एकसाथ १८ देशकानिम्ति राजदूतमाविभिन्नव्यक्तिकानामसिफारिस गरेको थियो । तीमध्ये एकजनाको नाम सरकारले फिर्ता लिएको थियो । सुनुवाइकानिम्ति १७जनाको नाम पठाइएको थियो । समितिले सरकारले चीनकालागिप्रा. डा. कृष्णप्रसाद ओली, डेनमार्कका निम्ति सुम्निमातुलाधर, जर्मनीकालागि डा. शैल रुपाखेती, भारतकानिम्ति डा. शंकर शर्मा, इजरायलकालागिप्रा. धनप्रसाद पण्डित, मलेसियाकानिम्ति डा. नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानकालागि रीताधिताल, पोर्चुगलकानिम्ति प्रकाशमणि पौडेललाई सिफारिस गरेको थियो । त्यस्तै, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका निम्तिजंगबहादुर चौहान, साउदी अरबकालागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाकानिम्तिप्रा. डा. कपिलमानश्रेष्ठ, दक्षिण कोरियाकालागि डा. शिवमायातुम्बाहाम्फे, स्पेनकानिम्ति सनिल नेपाल, श्रीलंकाकालागि रामकृष्ण भट्टराई, बेलायतकानिम्तिचन्द्रकुमार घिमिरे र अमेरिकाकालागिलोकदर्शन रेग्मी छन् ।
 

आइतबार​ ३० भदौ २०८१ १२:२७ PM मा प्रकाशित

प्रतिक्रिया