images

गिरीबन्धुकै मुद्दा उठाउदा सत्ताबाट हट्नुपर्यो ः प्रचण्ड 

झापा ।पुर्वप्रधानमन्त्रीतथा नेकपामाओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्डले गिरीबन्धुकै मुद्दा उठाउदा सत्ताबाट हट्नु परेको बताएका छन् । झापाको बिर्तामोडमा बसपार्क समन्वय समितिको ध्यानाकर्षण पत्रबुझाउने कार्यक्रममा प्रचण्डले त्यस्तो बताएकाहुन् । सर्वोच्च अदालतले गिरीबन्धुुको स्वामित्वमा रहेको ३४३ बिगाहाजमिनको सट्टा पट्टादिने निर्णय उल्टाएको छ । सो मुद्दाको पुर्णपाठमा २०६१ सालमा सट्टा पट्टादिने निर्णय गरिएको सुदर्शन गिरीको स्वामित्वको ५१ बिगाहाजमिनलाई पनिगिरीबन्धुकै जमिनका रुपमा गणना गर्नु भन्ने उल्लेख छ । अदालतको सो आदेशपछि तत्कालीनअवस्थामाकिनबेच भएको सो जमिनको कारोबारमा मालपोत कार्यालयले रोक लगाएको छ । जमिनको कारोबारमा रोक लगाएपछि त्यहा रहेका ५ सयभन्दा  बढी घरधुरी अन्यौलमा परेका छन् । उनीहरूले मन्त्रीस्तरबाट निर्णय भएर लामोसमय देखि कारोबार भईरहेको सो जमिनको बिषयमाउत्पन्नअन्यौलताअन्त्य गर्न मागगर्दै प्रचण्डको ध्यानाकर्षण गराएकाहुन् । ज्ञापनपत्र बुझ्दै प्रचण्डले बिर्तामोड  बसपार्कको जमिनमाउत्पन्न समस्याको बारेमा जानकार रहेको बताएका छन् । उनले यिनै मुद्दा उठाउदा सत्ताबाट हट्नुपरेको भन्दै समस्या समाधानकालागि सकारात्मक रहेको धारणा राखेका थिए ।
 

आइतबार​ ३० भदौ २०८१ १२:२८ PM मा प्रकाशित

प्रतिक्रिया