काठमाडौं । धारा नेपालगञ्जम्याराथनको १०औं संस्करणलाई उत्सवमयबनाउन ‘दशौंमा दशइभेन्ट’ गरिने भएको छ । प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक नेपालगन्ज १० किमी रात्रीदौड असोज ३ गते रातिआयोजना गरेर ‘दशौंमा दशइभेन्ट’ सुरु हुनेछ । त्यसैगरी रनिङ संस्कृति बढावा दिनकालागिअसोज ५ गते शनिवारदेखि हरेक शनिवार बर्षभरि सञ्चालनहुनेगरी ‘साप्ताहिक रन’कार्यक्रमहुँदैछ । यसकालागि रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङलाई प्रमुखजिम्मेवारी दिइएको छ । बाँके जिल्लाएथ्लेटिक्स संघले यसमा साझेदारी गर्नेछ । दशौंधारा नेपालगन्जम्याराथनलाई लक्षित गरी स्कुलकलेजमा लेक्चर सिरिज सञ्चालन गरिनेछ । ओलम्पिकको विश्वव्यापीमुल्यमान्यता, शान्ति र एकताकालागि खेलकुदको भुमिकाकाबारेमा विद्यार्थीहरुसँग अन्तरक्रिया गरी यो कार्यक्रम अघि बढाइनेछ । यसकालागियुथओलम्पिकएम्बेस्डर चाहनाशाहलाई संयोजनको जिम्मेवारी दिइएको छ । चाहनालाई नेपालगन्जम्याराथनको आउटरिच म्यानेजरमा नियुक्त गरिएको छ । उनले समग्र म्याराथनको अपरेसन टिममा रहेर जिम्मेवारी निर्वाह गर्नेछिन् । ट्रायथोलनकीअन्तर्राष्ट्रिय निर्णायकचाहनाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ग्रीसको ओलम्पियाडमा हरेक बर्ष सञ्चालन गर्ने युथएम्बेस्डर कोर्ष २०२२ गरिसकेकी छिन् । साथै हाङझाव एशियाडमा निर्णायकको भुमिकानिर्वाह गरेकीथिइन् । त्यस्तै गौघाट ग्रीन रन, मंसिर ५ गते दीपप्रज्वलन, म्याराथनएक्स्पो, फोटो प्रदर्शनी, नेपालगन्जकनक्लेव, दशक रत्न सम्मानहुँदै मंसिर २२ गते धारा नेपालगन्जम्याराथनको दशौं संस्करण गरिने नेपालगन्जम्याराथनका संस्थापक टीएस ठकुरीले बताएका छन् । नेपाल सरकार र तत्कालीनविद्रोही नेकपामाओवादीबीचविस्तृत शान्ति सम्झौताभएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएकोमा यस वर्ष कर्णालीमा बृहत राष्ट्रिय खेलकुद् परेकाले तीनमंसिर २२ गते शनिवार हुनलागेको हो । दशकलामो सशस्त्रद्वन्द्वविधिवतअन्त्यभई देशले शान्ति, विकास र समृद्धिको बाटोमायात्रा तय गरेको दिनको स्मरण गर्दै ५ मंसिरमा नेपालगन्जको बीपीचोक र कोहलपुर चौराहामादीपप्रज्वलन गरिँदै आएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजनाएवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौं धारा नेपालगन्जम्याराथनले एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्जम्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्दैआएको छ ।
प्रतिक्रिया