सरकारले खुलायो जग्गा कित्ताकाट

काठमाडौँ - सरकारले जग्गा कित्ताकाट खुला गरेको छ । 
मंगलबार सिंहदरबारमा  बसेको मन्त्रिपरिषद्को बैठकले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

मन्त्रिपरिषद् बैठकले संशोधित भू-उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गा कित्ताकाट खुलेको छ । योसँगै जग्गा वर्गीकरण नभएको क्षेत्रमा पनि कित्ताकाट हुने भएको छ ।