सुन तस्करी प्रकरणमा थप तीनजना चिनियाँ नागरिक पक्राउ

 काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको तस्करीको सुन प्रकरणमा थप तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा झाओ हुई, जोङ छ्याङ र ताङ जिङ ९महिला० रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट ३० लाख रुपैयाँ समेत बरामद गरेको छ ।