१ साउनदेखि सबै विदेशी च्यानल बन्द हुने

काठमाडौं - सरकारले आगामी साउन १ गते अर्थात सोमबारदखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने अवस्था आएको जनाएको छ ।

सूचना तथा प्रशारण विभागले एक विज्ञप्ति जारी गर्दै ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम बुकेहरु (च्यानलहरुको प्याकेजहरु) प्राप्त नभएको भन्दै सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने अवस्था सिर्जना भएको जनाएको हो ।