थप ३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ८

काठमाडौँ - थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट ६३५ नमुना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २६२ र एन्टिजेनबाट ३७३ नमुना परीक्षण गर्दा पीसीआरबाट दुईको रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा एक जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ८ पुगेको छ।