images

यस्तो छ आज विदेशी मुद्रा विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ रहेको छ । 
यस्तै,युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४० पैसामा झरेको छ । शुक्रबार युरो एकको खरिद दर १४३ रुपैयाँ ९४ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसामा कारोबार भएको थियो । 
आज, बेलायती पाण्उड एकको खरिद दर १६९ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ २७ पैसा रहेको छ । शुक्रबार पाण्उड एकको खरिद दर १७० रुपैयाँ ३७ पैसा रहेकोमा  बिक्री दर १७१ रुपैयाँ १४ पैसा पुगेको थियो ।
यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको छ । 

शनिबार १ असार २०८१ १२:२० PM मा प्रकाशित

प्रतिक्रिया