उदयपुर सिमेन्ट उद्योगको विजुली काटियो, ३६ करोड बुझाउन बाँकी

 उदयपुर - उदयपुर सिमेन्ट उद्योगको बत्ति काटिएको छ। विद्युत प्राधिकरणलाई बुझाउनु पर्ने ३६ करोड बक्यौता नबुझाएपछि आइतबारबाट विद्युत काटिएको हो। विद्युत काटिएपछि उदपुर सिमेन्ट उद्योगको सञ्चालन नै अन्यौलमा परेको छ ।

नियमित उत्पादन प्रक्रियामा जान नसकेको कारण २ अर्ब ९ करोड आर्थिक भार परिरहेको बेला बत्तिसमेत काटिएपछि उद्योग थप संकटमा परेको छ ।
उदयपुर वितरण केन्द्र प्रमुख विजयकुमार खत्रीका अनुसार एक साता अघि पत्र पठाएर भुक्तानी दिनका लागि अनुरोध गरे पनि उद्योगले भुक्तानी नदिए पछि आइतबारबाट बिजुली काटनु परेको जानकारी दिए ।