images

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ । 

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान सवा ११ बजे बस्नेछ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरण लागि अनिवार्य शर्त रहेको सुशासन र यसको प्रर्वद्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा सरोकारवालाहरुसँग छलफल हुनेछ । 

बुधबार ३० साउन २०८१ ०९:०४ AM मा प्रकाशित

प्रतिक्रिया