images

गरिबीको रेखामुनी रहेका परिवारलाई सरकारले विद्युतीयचुलो दिने 

काठमाडौं । सरकारले आगामीवर्ष गरिब घरपरिवार पहिचानकार्यलाई सम्पन्न गर्ने बताएको छ । 
राष्ट्रपति रामचन्द्र पौडलले मंगलबार दिउँसो संसद्को संयुक्त सदनमाप्रस्तुत गरेका आर्थिक वर्ष २०८१।८२ को नीतितथाकार्यक्रममासरकारले गरिब घर परिवार पहिचानको कार्यलाई सरकारले पूर्णतादिने उल्लेख गरे । 
नीतितथाकार्यक्रमवाचनगर्दै राष्ट्रपति पौडेलले भने,‘आगामीआर्थिक वर्षभित्र गरिब घरपरिवार पहिचानको कार्य सम्पन्न गरिनेछ । गरिब लक्षितकार्यक्रमहरु एकीकृत रुपमा सञ्चालन गरिने छ ।’
राष्ट्रपति पौडेलले पहिचानभएका गरिबको स्थानीयतहमार्फत सरकारले निशुल्कबीमागर्ने समेत उल्लेख गरे । 
‘गरिबीको रेखामुनी रहेका घर परिवारका लागिविद्युतीयचुलो, ट्युबेललगायतका सामग्रीउपलब्ध गराइने छ’ राष्ट्रपति पौडेलले भने । 
 

मङ्गलबार ३१ बैशाख २०८१ ०५:११ PM मा प्रकाशित

प्रतिक्रिया