images

अपिहिमालमा टे«किङप्रवद्र्धन अभियान

काठमाडौं । सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल अपिहिमालको प्रवद्र्धनको लागि अपिहिमाल वेसक्याम्पसम्म टे«किङसुुरु गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र युएनडीपीको संयुक्त लगानीमा संचालित परियोजनाएसटीएलआरपीका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरुको सहभागितामा हालै अपिहिमाल गाउँपालिकामा अविस्थत अपिहिमाल आधार शिविरसम्मको  ट्रेकिङ सम्पन्न भएको हो ।
अपि हिमाल आधार शिविर सुदूरपश्चिम क्षेत्रकै एक प्रमुख आकर्षण पर्यटकीय गन्तव्य हो । गुराँस हिमश्रृंखलामा अवस्थित७ हजार १३२ मिटरको उचाइमा रहेको अपि हिमाल नजिकै नाम्पा, बबईया, जेठीबहुरानी, कापोचुली जस्ता थुप्रै हिमालहरु पनि छन् । मौसम अनुसारनिलो र हरियो रंगमा परिणतहुने कालिढुङ्गा ताल अनि राईदुंगी ताल जस्ता थुप्रै तालतलैया पनि त्यस क्षेत्रमा पर्दछन् ।


अपि हिमालको काखमा रहेको चमेलिया नदीलाई धार्मिक मान्यता अनुसार भगवान शिवको शिरबाट बगेको गङ्गा नदी मानिन्छ । यहाँकागाउँबस्तिहरुकोछुट्टै सुन्दरता छ । 
कसरी जाने अपि हिमाल ?
चमेलीया नदीको मुहान भएर अपि हिमाल अपि बेस क्याम्प जान काठमाडौंबाट धनगढीसम्मको हवाई तथा अत्तरियाबाट अपिहिमाल गाउँपालिकाको मकरीगाडसम्म २७१ किमी मोटरबाटोको यात्रा गर्न सकिन्छ । मकरीमाडदेखि बेस क्याम्पसम्म दुई दिन पैदल यात्रा गर्नुपर्छ ।मकरीगाडदेखि अपिहिमाल गाउँपालिकाको वडा नं ४ खण्डेश्वरीबाट र वडा नं २ बला हुँदै बेसक्याम्प जान सकिन्छ । त्यहाँबाट तीन दिनमा पुनः धनगढि फर्किन सकिन्छ । बाटोमा वडा नं ४ को नौपाटा र वडा नं २ को सितिमा होम स्टेको व्यवस्था छ । बेस क्याम्प जाँदा सिमार र धौलीओडारमा पर्यटकलाई आराम गर्न आश्रय भवनको व्यवस्था छ ।
मकरीगाढदेखि उकालो लाग्दा ४ हजार पाँच सय सिढिं चढेर मकरीकोट डाँडोमा पुग्न सकिन्छ ।टाढाबाट हेर्दा यो चीनको ग्रेटवाल जस्तै लाग्छ । स्थानीयहरु यसलाई मिनी ग्रेटवाल पनि भन्ने गर्दछन् । राजा जतार सिंहको पालामा घोडा सवारको लागि बनाएको बाटोलाई सिँडी बाटोको रुपमा विकास गरिएको र योरमणीय पदमार्गको रुपमा प्रचलित भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले बताए ।“विकट भएर पनि प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले भरिएको दार्चुलामा अपि हिमालको प्रवद्र्धनले पर्यटक आगमन बढ्ने विश्वास छ,” अध्यक्ष बोहराले भने ।


मल्देशी संस्कृति 
यहाँमौलिक भाषाको गीत र पहिरनमा नाचिने संस्कृति, परम्परा अनि भेषभूषाको पनि छुट्टै आकर्षण छ । खण्डेश्वरीमा बाइसे चौबिसे राज्य व्यवस्था भएको समय देखिनै चलिआएको मल्देशी संस्कृतिको पहिरन र चाहाई नाचको सुन्दरता यहाँको अर्को विशेषता हो । अहिले पनि यो गाउँपालिकाको अधिकांश गाउँघरमा घरेलु सीप र कलाबाटै भेडाको ऊन, भाङग्रो जस्ता घरेलु उत्पादनबाट आफ्नो पहिरन निर्माण गरेको दृश्यहरुदेख्न पाईन्छ । यो सँगै विश्वमै दुर्लभ जडिबुटी यार्सागुम्बा पाइनु यस गाउँपालिकाको अर्को विषेशता हो । 
पर्यटकीय सूचना केन्द्र 
त्यता  जाने पर्यटकको यात्रा सजिलो पार्न गाउँपालिकाको मकरीगाडमा पर्यटकीय सूचना केन्द्र खोलिएको छ । त्यहींनेर कोशेली घर पनि छ । नेपाल पर्यटन बोर्ड तथा युएनडिपिको सहकार्यमा संचालित जीविकोपार्जन पुनःरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) र अपिहिमाल गाउँपालिका दार्चुलाको  सहकार्यमा अपिहिमाल ४ मकरीगाड्मा सूचना केन्द्र निर्माण गरिएको हो ।पालिकाका अध्यक्ष बोहराले सूचना केन्द्र र कोशेलीको उद्घाटन गरेका थिए । अपि हिमालको म्याप समेत विमोचन गरिएको छ ।
ट्रेकिङमै सहभागी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकृत गुणराज भट्टराइले अपिहिमालट्रेकिङ पर्यटनको लागि राम्रो उत्पादन भएको बताए ।
एसटिएलआरपी परियोजनाका निमित्त प्रवन्धक धर्म दवाडीले परियोजनाले पालिकासँगको सहकार्यमा सूचना केन्द्र तथा कोशेलीघर निर्माण मकरीगाडदेखि अपिहिमाल वेशसक्याम्प्सम्म विभिन्न स्थानमा काठेपुल निर्माण,पर्यटक सूचना बोर्ड,फोहरमैला व्यवस्थापन लगायतका कार्य गरेको बताए ।
नाटाका सुदूरपश्चिम अध्यक्ष पदम विक्रम सिंहले सुदूर पश्चिममा पर्यटनकासम्भावना रहेकोमा अपि हिमाल ट्रेकिङनयाँ पर्यटकीय प्रडक्ट थपिएको बताए ।
 

मङ्गलबार ३१ बैशाख २०८१ ०४:४८ PM मा प्रकाशित

प्रतिक्रिया