चार हप्ता चार्टर्ड उडानबाट चिनियाँ पर्यटक आउँदै

काठमाडौँ - कोभिड १९ पछि पहिलोपटक नेपालमा चिनियाँ पर्यटक विमान चार्टर गरेर आएका छन् । हिमालय एयरलाइन्सको विमान चार्टर गरेर बिहीवार १८० चिनियाँ नेपाल आए। आगामी चार साता हप्ताको १ दिन यही संख्यामा चार्टर उडानबाट चिनियाँ आउनेछन् ।

हरेक हप्ता १ दिन चिनियाँ पर्यटक विमान चार्टर गरेर नेपाल ल्याउने नेपाल बिग माउन्टेन एनबीएम ट्राभल कम्पनीले जानकारी दिएको हो । हरेक उडानमा १८० जना हुनेछन् । सन् २०२३ को मार्च १५ देखि चीन सरकारले आफ्ना नागरिक घुम्न जाने देशको सूचीमा नेपाललाई राखेसँगै त्यहाँबाट आउने पर्यटक बढेका हुन् ।

चीन सरकारले आधिकारिक सूचना जारी नगरे पनि त्यहाँबाट नेपालमा पर्यटक आइरहेका छन् । तर, चीन सरकारको उक्त निर्णयपछि विमान नै चार्टर गरेर उनीहरू आउन थालेका हुन् ।

एनबीएमका अध्यक्ष सुदर्शन नेपालले चीन सरकारले नेपाललाई घुम्न पर्ने देशको सूचीमा राखेको छोटो अवधिमै पर्यटक ल्याउन सकिएको बताए ।

हामीले चार्टर उडानबाट पर्यटक ल्याउन शुरू गरिसकेका छौं, नेपालले भने, ‘अझै चिनियाँ पर्यटक नेपाल आउने पर्खाइमा छन् ।ु यो समाचार आर्थिक अभियान दैनिकमा छ ।