images

जाजरकोटमा रास्वपाले अस्पताललाई दियो स्टेबलाइजर

राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट जिल्ला अस्पताललाई स्टेबलाइजर हस्तान्तरण गरेको छ। शुभेच्छुकहरूको सहयोगमा रास्वपाले करिब ८ लाख मूल्य पर्ने स्टेबलाइजर अस्पताललाई हस्तान्तरण गरेको हो। स्टेबलाइजरको अभावमा विद्युत् आपूर्ति अनियमित हुँदा बिरामीलाई अक्सिजन प्रवाहमै समस्या हुने गरेको थियो। विभिन्न देशमा रहेका आफ्ना शुभेच्छुकको सहयोगका आधारमा अस्पताललाई पार्टीका तर्फबाट स्टेबलाइजर उपलब्ध गराइएको रास्वपाका उपसभापति डीपी अर्यालले जानकारी दिए। स्टेबलाइजर हस्तान्तरण गर्दै रास्वपाकी सांसद तोसिमा कार्कीले विपद्का बेलामा भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको र थोरै भए पनि उपचारमा सहजता आउने विश्वास गरिन्। जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले भूकम्पका बेला गरेको सहयोग अमूल्य हुने बताए।

 

सोमबार २७ कात्तिक २०८० ११:२४ AM मा प्रकाशित

प्रतिक्रिया