images

यीचार प्रदेशमामध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौं । जलतथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमानमहाशाखाले हाल देशभर मनसुनीवायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यूनचापीयरेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाकाअनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीप्रदेशका केही स्थानतथाबाँकीप्रदेशकाएकदुई स्थानमाहल्कादेखि मध्यम वर्षा भइरहेको छ । आजदिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनीप्रदेशका केही स्थानतथाबाँकीप्रदेशकाथोरै स्थानमा मेघगर्जन र चट्याङसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनीप्रदेशकाएकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ । आज रातिदेशभर साधारणतया बदली रहने महाशाखाको अनुमान छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीप्रदेशका केही स्थानतथाबाँकीप्रदेशकाथोरै स्थानमा मेघगर्जन र चट्याङसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीप्रदेशकाएकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ ।
 

मङ्गलबार २९ साउन २०८१ ०९:१८ AM मा प्रकाशित

प्रतिक्रिया