images

प्रतिनिधिसभा बैठक बस्दै ः ‘टीआरसी’ विधेयक प्रस्तुत गरिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागिबोलाइएको बैठक नयाँबानेश्वरस्थितसंसद भवनमा बस्नेछ । बैठकमा कानून, न्यायतथामानवअधिकार समितिका सभापतिविमला सुवेदीले बेपत्तापारिएकाव्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलापआयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । यस्तै, पूर्वाधार विकास समितिका सभापतिदीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन २०८०’ पेस गर्ने छन् । शिक्षा, स्वास्थ्यतथा सूचनाप्रविधि समितिका सभापतिअम्मर बहादुर थापाले ‘शिक्षा, स्वास्थ्यतथा सूचनाप्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावितकार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
 

मङ्गलबार २९ साउन २०८१ ०९:०३ AM मा प्रकाशित

प्रतिक्रिया