आजको शेयर बजार : नेप्से १२.६२ अंकले घट्यो, ३ अर्ब ३९ करोड रुपैयाँमाथिको कारोबार

काठमाडौँ - आज सेयर बजार घटेको छ ।  नेप्से परिसूचक १२.६२ अंकले घटेर २०७२.२४ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९० अंकले घटेर ३९१.२५ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २९६ कम्पनीको ९३ लाख ८२ हजार ४४० कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३९ करोड रुपैयाँमाथिको  सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ । यसको आज २३ करोड ७५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सोल्टी होटल र हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ ।