असार महिनामा निक्षेपको ब्याजदर थपघट नहुने, कर्जाको ब्याज के हुन्छ ? 

काठमाडौँ - आगामी असार महिनामा निक्षेपको ब्याजदर थपघट नहुने भएको छ । नेपाल बैंकर्स संघको निर्णय अनुसार असार महिनाका लागि निक्षेपको ब्याजदर अहिलेकै कायम गर्ने निर्णय भएको हो । संघका अध्यक्ष सुनिल केसीले निक्षेपको ब्याजदर स्थिर रहे पनि कर्जाको ब्याज घट्न जाने बताए । 

हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९९ र संस्थागत मुद्दतीमा अधिकतम ७.९९ प्रतिशत ब्याजदर दिँदै आएका छन् । यो ब्याजदर असारमा पनि निरन्तरता दिइएको हो । बैंकहरुले गत माघदेखि निक्षेपमा ब्याजदर घटाउन थालेपछि आधार दर क्रमिक रुपमा ओरालो लागेको छ ।