images

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि

काठमाडौं । साताको दोस्रो दिन आज सेयर बजार परिसूचकसँगै कारोबार बढेको छ । परिसूचक २४.३९ अंकले बढ्दै १९९८.८९ विन्दुमा पुगेको छ ।  ९५ लाख ४१ हजार १७ कित्ता सेयर ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँमा किनबेच भएको छ । सेयर बजार आइतबारका तुलनामा उत्साहजनक देखिएको छ । आइतबार ८.२६ अंकले बढ्दै १९७४.५० विन्दुमा बजार बन्द हुँदा ७८ लाख ५७ हजार ३१ कित्ता सेयर ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँमा किनबेच भएको थियो । 
१३ उपसमूहमा फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापारबाहेक सबैमा बढोत्तरी हुँदा परिसूचक सकारात्मक देखिएको हो । वाणिज्य बैंक उपसमूह ३.२१ प्रतिशतले बढेको छ भने लगानी उपसमूह २.०४ प्रतिशतले बढेको छ । 
१४८ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन् । ८५ कम्पनीको घटेको छ भने ११ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।
सर्वाधिक कारोबार हुनेमा नेपाल रिइन्स्योरेन्स कम्पनी रह्यो । उक्त पुनर्बीमा कम्पनीको ३० करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै सीइबीडी हाइड्रोपावरको २८ करोड २३ लाख, कर्णाली विकास बैंकको ९ करोड ३३ लाख, पोखरा फाइनान्स ६ करोड ८५ लाख, कुमारी बैंकको ६ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।  
नारायणी विकास बैंक, समाज लघुवित्त र माण्डु हाइड्रोपावरलगायतका तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सृजनशील लघुवित्त, हिमालयन ऊर्जा विकास कम्पनी र गुराँस लघुवित्तको सेयर पनि सर्किटस्तरमा बढेको छ । 
 

सोमबार ३० बैशाख २०८१ ०७:२९ PM मा प्रकाशित

प्रतिक्रिया