images

यस्तो छ, आज विदेशी मुद्रा विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकलेआजकालागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको नेपाली विनिमय मूल्य बढेको छ ।बिहीबारदेखि स्थिर रहेको डलरआज एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र  बिक्री दर १३३ रुपैयाँ ७७ पैसका दरले कारोबार भइरहेको छ । त्यस्तै, यूरोको विनिमय मूल्य भने घटेर आज यूरो एकको खरिद दर१४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसारहेको छ । शुक्रबार यूरो एकको खरिद दर१४२ रुपैयाँ ५३ पैसा र बिक्री दर १४३ रुपैयाँ १७ पैसामा कारोबार भएको थियो । यसैगरी, बेलायती पाउण्ड एकको १६६ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको छ । शुक्रबार पाउण्ड एकको खरिद मूल्य १६६ रुपैयाँ ५३ पैसा र बिक्री दर १६७ रुपैयाँ २८ पैसा कायम थियो । त्यस्तै, आज कतारी रियाल एकको खरिद दर३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
 

शनिबार ३१ चैत २०८० ०८:०८ AM मा प्रकाशित

प्रतिक्रिया