मोटरसाइकल दुर्घटनामा दाजुभाईको मृत्यु

काठमाण्डौँ - सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

मरिण गाउँपालिका–७ महेश्वता क्याम्पस चोकमा रोकिराखेको ना ३ त १६० नम्बरको ट्याक्टरसँग धमिलेबाट सिन्धुलीतर्फ आउँदै गरेको बा ५८ प ९०९८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको सिन्धुली प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मरिण गाउँपालिका ४ का ३३ वर्षीय जितेन्द्र माझी र ३२ वर्षीय मेष बहादुर माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। मृतक दुबै दाजुभाई हुन् ।