माओवादीले पेरिसडाँडामा मनायो जनयुद्ध दिवस (तस्वीरहरू)

काठमाण्डौँ - जनयुद्ध दिवस माओवादी घटकहरूले आज विशेष कार्यक्रमको आयोजना गरेर मनाइरहेका छन् । यस अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । 

संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर तत्कालीन विद्रोही माओवादीले १ फागुन २०५२ मा सशस्त्र विद्रोहको सुरुवात गरेको थियो । सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीहरूले जनयुद्ध दिवसका रूपमा मनाउँदै आएका छन् ।