आजको मौसम : केहि भूभागमा आंशिक बदली, अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने !

काठमाडौँ - मुलकका सबैजसो भूभागमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

उता, राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतवारसम्म पहाडी भूभागमा हिमपात भए पनि सोमवार भने त्यस्तो हुने छैन ।

हिजो प्रदेश नं १ र गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात परेको तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अपरान्हतिर हावाहुरी चलेको थियो ।

तर तराई मधेसका केही भूभागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।