images

एसियनकप फुटबलमा कतारको शानदार सुरुआत

काठमाडौं।एएफसी एसियनकप फुटबलमा आयोजक राष्ट्रकतारले विजयीसुरुआत गरेकोछ। शुक्रबार रातिभएको उद्घाटन खेलमा लेबनानलाई ३० गोल अन्तरले पराजित गरेकोहो। जितसँगै समूह एमा कतारले स्पष्ट ३अंकपनिलिएकोछ। कतारलाई जिताउन अक्रम अफिफले २ तथा अल्मोएज अलिले १ गोल गरेका थिए। विश्वकपको फाइनल भएको लुसेलस्टेडियममा कतारले ४५ औं मिनेटमा अग्रता लिएको थियो।अलिको पासमाअफिफ ले गोलगर्दैअग्रतादिलाएका थिए। ५६औं मिनेटमा अली ले मोहमदवाद को पासमा हेडरगोल गर्दैअग्रता दोब्बर बनाए। यसैगरीअतिरिक्त समयको छैटौं मिनेटमा अफिफ ले व्यक्तिगत दोस्रो गोलगर्दा आयोजक राष्ट्र कतार ३० को सहज जितका साथ प्रतियोगिता सुरुआत गर्न सफल भयो। प्रतियोगिता अन्तर्गत आज ३ खेलहुनेछन्।जसमा समूह ए मा रहेको चीन र ताजकिस्तान बीच प्रतिस्पर्धा हुनेछ। यो खेलने पाली समय अनुसार राति सवा ८ बजे सुरुहुनेछ।यसै गरी समूह बी मा रहेका अस्ट्रेलिया र भारत ले सवा ५ बजे खेल्ने छ न्भने उज्वेकिस्तान र सिरियाले राति सवा ८ बजे खेल्नेछन्।

शनिबार २८ पुस २०८० ११:१० AM मा प्रकाशित

प्रतिक्रिया