शिक्षा विधेयक सच्याएर नल्याए नमान्ने चेतावनी

विराटनगर सरकारले शिक्षा विधेयक नसच्याए त्यसको विरोध गर्ने निजी विद्यालयका सञ्चालक तथा उनीहरुको संगठनका पदाधिकारीले चेतावनी दिएका छन् । विराटनगरमा आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङको साधारणसभामा सहभागी उनीहरुले शिक्षासम्बन्धी विधेयक सच्याएर ल्याउन चेतावनी दिएका हुन् । प्याबसनका निर्वतमान केन्द्रीय अध्यक्ष टिकाराम पुरीले निजी क्षेत्रबाट शिक्षामा गरेको लगानी संरक्षण नगर्ने तरिकाले शिक्षा विधेयक नसच्याई सरकारले ल्याए विरोध गर्ने जलाउने चेतावनी दिए । निजी क्षेत्रबाट शिक्षामा भएको लगानी राज्यले संरक्षण गरिनुपर्दछ त्यही भएर हामीले आन्दोलन गर्यौं सरकारले तत्काल वार्तामा बोलायो पनि अहिले छलफल चलिरहेको त्यही रूपमा विधेयक ल्याए हामी  मान्नेछैनौँ, उनले भने, ‘शिक्षा विधेयक चलाउँछौंं ’ ऐनअनुसार सञ्चालित विद्यालयहरूलाई वर्षभित्र गुठीमा रूपान्तरण दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउन लागेको भन्दै निजी विद्यालयका सञ्चालकहरूले आन्दोलन गरेका थिए । सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने  प्रतिबद्धता आएको भन्दै उनीहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिएका थिए । कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश दास, प्याब्सन कोशी प्रदेशका अध्यक्ष टीकाराम ढकाल, प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाललगायतले विधेयक सच्याएर मात्र ल्याउन आग्रह गरेका थिए