images

चलचित्र ‘कार्साङ’को जितु नेपाको क्यारेक्टलुक्स सार्वजनिक

काठमाडौं । चलचित्र ‘कार्साङ’को जितु नेपाको क्यारेक्टलुक्स सार्वजनिकभएको छ । निर्माणपक्षले आजजिुतको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । जितुले सिनेमाको छायांकनको बेला सेटमाअन्यकलाकारसँग खिचेर पोस्ट गरेको फोटोसँग उनको यो सिनेमाको क्यारेक्टर लुक्स मिल्दैन । क्यारेक्टर लुक्स हेर्दा जितुले ‘कार्साङ’माक्यारेक्टरका लागि मेहनत गरेको देखिन्छ । कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट र लेकमालगाउने गमबुटलगाएकाजितुले झोलाघुँडामाअड्याएकाछन् । हातमाकचौरो बोकेका छन् । कचौरामाजाँड रहेको अनुमानलगाउन सकिन्छ । पृष्ठभूमिमा रहेका घर, पहाड, कुहिरो हेर्दा उनीकुनै लेकालीगाउँका स्थानीयहुन् भन्ने पुष्टिहुन्छ । पोस्टरमा ‘मकै त पिन्ने घट्टामापिरतीबस्यो ठट्टामा’ लेखिएको छ । त्यसैले उनी मकै पिस्नघट्टामागएकाहुन् कि भन्ने अनुमानलगाउन सकिन्छ । पोस्टरको यो स्टेटमेन्टले उनी कसैको प्रेममा परेका हुन् कि भन्ने अनुमानलगाउन सकिन्छ । तर, यसबारे निर्माणपक्षले केहीप्रष्टपारेको छैन । यसअघिदयाहाङ राईको क्यारेक्टर लुक्स सार्वजनिक गरेको ‘कार्साङ’ले विस्तारै प्रचार सुरु गरेको छ । यम शेर्पाको डेव्यु लेखन तथानिर्देशनमानिर्माणभएको सिनेमा ‘कार्साङ्’ पुस २६ गते पदर्शन हुँदैछ ।
शेर्पा समुदायको संस्कृतिमाआधारित भएर बनेको चलचित्रमाअभिनेतादयाहाङ राई, डेब्यु अभिनेत्रीसिर्जना निङलेखु, जितु नेपाल, दीयामास्के, बुद्धितामाङ, सृष्टिगौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ । यार्सा फिल्म्स र पुरुषोत्तमप्रधानफिल्म्सको प्रस्तुतिमानिर्माणभएको सिनेमाका पुरुषोत्तमप्रधानको छायांकार र निर्माता स्वयंमहुन् । सिनेमाको सह–निर्मातामागोविन्दबोहरा, कार्यकारी निर्माताआङछिरिङ शेर्पा तथालाइनप्रोड्युसर वीरेन्द्र शाहीछन् । यो चलचित्रको अन्तराष्ट्रियवितरक अघिकार हुल्याइभेन्टस सुमन पराजुली र सोमलालथोकर लिएको छ भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।
 

मङ्गलबार २७ कात्तिक २०८१ १०:३२ AM मा प्रकाशित

प्रतिक्रिया