काठमाडौँ। नेपालीविद्यार्थीहरूलाई लक्षित गरी ग्रेस इन्टरनेशनलग्रुपले ू;एडुभर्स २०२४शैक्षिक मेलाकोआयोजना गर्ने भएको छ। विदेशअध्ययनमा रुचि राख्ने विद्यार्थीहरूकालागिआयोजना गरिने यो मेला नोभेम्बर११ देखि २१ सम्म देशभरका ९ प्रमुखशहरहरूमा सञ्चालनहुनेछ। मेलामाअष्ट्रेलिया, बेलायत, अमेरिका,न्यूजिल्याण्ड, क्यानडा, दुबई, दक्षिण कोरिया र युरोपकाविभिन्नविश्वविद्यालयतथा शैक्षिक संस्थाकाप्रतिनिधिहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट र परामर्श दिनेछन्। ग्रेस इन्टरनेशनलका संस्थापकनिर्देशकएन्ड्रु पौडेलकाअनुसार, मेलामाविद्यार्थीहरूले २५ भन्दाबढीविदेशीशैक्षिक संस्थाकाप्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्न र विदेश अध्ययनसम्बन्धीविस्तृत जानकारी लिनपाउनेछन्। यस शैक्षिक मेलामाविद्यार्थीहरूले स्पटएडमिसन, अधिकतमछात्रवृत्ति र अन्यविशेष अवसरहरूप्राप्त गर्न सक्नेछन्, जसले उनीहरूको विदेश अध्ययनप्रक्रियालाई सहजबनाउनमहत्वपूर्ण भूमिका खेल्नेछ।मेलाइटहरीबाट सुरु भई विभिन्नशहरहरूमाआयोजनाहुनेछ। नोभेम्बर ११ मा इटहरी, १३ मा काठमाडौँ, १४ मा चितवनपर्सा, १५ मा नारायणघाट, १६ मा कावासोतीनवलपुर, १७ मा बुटवल, १८ मा दाङ, २० मा बागलुङ, र २१मा पोखरामा शैक्षिक मेला सम्पन्नहुनेछ। आयोजककाअनुसार, यीप्रमुखशहरहरूमाआयोजना गरिने कार्यक्रमलेविद्यार्थीहरूलाई आफ्नो अध्ययनगन्तव्यछान्नथप सहजबनाउने र आवश्यक परामर्श उपलब्ध गराउने लक्ष्यराखेको छ। विद्यार्थीहरूलाई प्रोत्साहित गर्न नेपालकाचर्चित क्रिकेटर तथा ग्रेस इन्टरनेशनलका सद्भावनादूतदिपेन्द्र सिंहऐरीले पनिअधिकांशशहरका मेलामाउपस्थितिजनाउनेछन्। ऐरीको उपस्थिति र उनको प्रेरणादायी सम्बोधनलेविद्यार्थीहरूलाई विदेश अध्ययनको लक्ष्यतर्फ प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ। ग्रेस इन्टरनेशनलद्वारा आयोजित यो मेलाविदेश अध्ययनकाआकांक्षीविद्यार्थीहरूको करियर विकासमाविशेषअवसरका रूपमा प्रस्तुत गरिएको छ। विद्यार्थीहरूले मेलामा सहभागीभएर आफ्नाचासोका देशकाप्रतिष्ठितविश्वविद्यालयहरूसँग प्रत्यक्ष रूपमा जोडिनपाउनेछन्। साथै, परामर्शदाता र विश्वविद्यालयकाप्रतिनिधिहरूसँगअन्तरक्रिया गरी अध्ययनगन्तव्यछान्न, आवेदनप्रक्रियाबारे बुझ्न र छात्रवृत्तिलाभलिन सक्नेछन्।आयोजकले विदेश अध्ययनमा रुचि राख्ने सम्पूर्ण विद्यार्थीहरूलाई यो अवसरको सदुपयोग गर्न आह्वान गरेको छ।यस मेलाले विद्यार्थीहरूलाईआफ्नो शैक्षिकयात्राअझ स्पष्ट र योजनाबद्ध रूपमाअघिबढाउनमार्गनिर्देशनप्रदान गर्नेछ।
प्रतिक्रिया