चाडपर्व मा भारतीय खसी बोका आयात नियन्त्रण गर्न माग

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले नेपालका किसानहरू बजारको माग गर्दै मन्त्रालय धाइरहेको अवस्थामा ६० प्रतिशत भारतबाट अवैध आयात खसी बोकाले बजार कब्जा गरेको भन्दै तुरुन्तै नियन्त्रणका लागि माग गरेका हुन् । ‘नेपालका किसानहरू हामीले बाख्रा पाल्यौँ उत्पादन गर्‍यौ तर बजार पाएनौँ , मूल्य पाएनौ भन्नुहुन्छ । भारतको खसी बोकाले कब्जा गर्‍यो बजार । नेपाल सरकारको आधिकारिक निकायलाई सोध्दा एउटा पनि खसी बोका मासुको लागि आयात भएको छैन,’ उनले भने, ‘तर काठमाडौंको खसी बजारमा ६० प्रतिशत भन्दा बढी भारतबाट आएर कब्जा गरेको छ । यो कसरी आइपुग्छ । गम्भीर प्रश्न खडा भयो । यस प्रकारको अवैध आयातमा आँखा चिम्लेर बस्ने ?यस्तो अवैध आयात तुरुन्त नियन्त्रण गरियोस् ।’