सुन तस्करी प्रकरणमा समातिएका रोहन अडुकिया रिहा

काठमाडौं - एक क्विन्टल सुन तस्करी प्रकरणमा समातिएका व्यवसायी रोहन अडुकियालाई रिहा गरिएको छ ।

राजश्व अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा अडुकियासँगै अध्यागमन विभागको कालोसूचीमा परेका दुई जना चिनियाँ नागरिक पनि थुनामुक्त भएका छन् ।

उनीहरुलाई अहिल्यै थुनामा राख्नुपर्ने कारण नदेखिएकाले चाहिएका बेला उपस्थित हुने गरी छाडिएको बताइएको छ ।