आजको शेयर बजार : नेप्से २५.३१ अंकले बढ्यो, ३ अर्ब १८ करोड रुपैयाँमाथिको कारोबार

काठमाडौँ - साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ । बुधबार नेप्से परिसूचक २५.३१ अंकले बढेर २०७२.२४ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।.२८ अंकले बढेर ३९२.१५ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २८९ कम्पनीको ८५ लाख ०४ हजार ३७८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ । यसको आज ३३ करोड ९३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स र सोल्टी होटलको कारोबार भएको छ ।