दाङको बंगलाचुली गाउँपालिकामा १५ जनामा दादुरा भेटियो

काठमाण्डौँ - दाङको बंगलाचुली गाउँपालिका हासीपुरमा दादुराको प्रकोप देखिएको छ । गाउँमा करिब १२र१५ जनामा दादुरा रोग देखिएको स्वास्थ्य कार्यालय दाङमा निमित्त प्रमुख डम्बर कँुवरले बताए । उनका अनुसार गाउँमा करिब १५ जनामा दादुरा देखिएको थाहा पाएपछि डब्लुएचओका चिकित्सकसहित स्वास्थ्यकर्मीहरूको टोली फिल्डमा गएर उपचार गरिरहेका छन् ।

बर्दिया, कपिलवस्तुमा पनि केही मात्रामा देखिएको थियो । विशेषगरी दाङमा अलि बढी देखिएको थियो । अहिले फेरि बंगलाचुली गाउँपालिकाको हासीपुर गाउँमा दादुरा देखिएको छ ।