रोशनी कार्कीको दर्दनाक भिडिओ बजारमा (भिडिओसहित)

काठमाडौं - शान्तिश्री परियार र कुमार गौतमको स्वरमा रहेको म्युजिक भिडियोमा चर्चित कलाकार रोशनी कार्कीलाई दर्दनाक अवस्थामा प्रस्तुत गरिएको छ ।

माया प्रेमलाई बिछोडको रुपमा प्रस्तुत गरी बनाइएको भिडियो पोखरा र आसपासको क्षेत्रमा छायाङ्कन गरिएको हो ।

कुमार गौतमको कथावस्तुमा सुवास अम्गाईले भिडिओ निर्देशन गरेका हुन् । गणेश सापकोटाको छायाङ्कन रहेको गीतलाई नयन शर्माले लेखेका हुन् ।