जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भोजपुर ।१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भोजपुरबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भनिने विशाल मगरलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । मगरले ती बालिकाको घर नजिकै रहेकोगोठमा गत वैशाख७गते बेलुकी जबरजस्ती करणी गरेको र गर्भ समेत रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरीकार्यालय भोजपुर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनमाथि पाँचदिनको म्याद थपेर थप आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।