‘एक लड्की को देखातो’ः ५ मिनेटमा गीत, ५ सेकेण्डमा संगीत

मुम्बई। ‘एक लड्की को देखातो ऐसा लगा’ यो गीत अहिले पनिदर्शक माझ उत्तिकै प्रिय छ । अनिलकपूर र मनीषा कोइराला अभिनितफिल्म ‘१९४२ः ए लव स्टोरी’ को यो ‘आइकोनिक’गीतले एक समय तहल्कै मच्चाएको थियो ।
तर कमैलाई थाहा होला, यो गीत ५ मिनेटमा लेखिएको थियो । गीतकी कोरियोग्राफर फराहखानले एक अन्तरवार्तामा गीतबारे रोचक कुराहरुको खुलासा गरेकी छन् । उनका अनुसार गीतकार जावेद अख्तरले यो गीत ५ मिनेटमै लेखेका थिए ।‘जावेदअंकल एक खालीकागजका साथभित्रआउनुभयो । उहाँले केही लेख्नुभएको थिएन । उहाँभूलिनु भएको थियो ।उहाँ यस्तो जहिल्यै पनि गर्नुहुन्थ्यो ।उहाँहोमवर्क गर्नुहुन्थ्यो’, फराहले भनेकी छन्,, ‘जब आउनुभयो अनिउहाँले ‘कुरा के हो । फेरी भन’भन्नुभयो ।उहाँलाई अनिलकपूर र मनीषा कोइरालाकासिक्वेन्सको बारेम बतायौं । सिक्वेन्स सुनेपछि उहाँले असिस्टेन्टलाई बोलाउनुभयो भन्नुभयो ‘ठीक छ लेख ‘एक लड्की को देखातो ऐसा लगा, जैसे खिलतागुलाब’ । बिना नरोकिएरै बोलिरहनुभयो । हामीले उत्कृष्ट गीतलियौं । उहाँले तुरुन्तै कागजदिएर ‘यो लिनु तयार भयो’ भन्नुभयो ।’उनले जावेदले पाँचमिनेटमा गीतलेखेर दिँदाआफू छक्क परेको बताएकी छन् । ‘दादा(आरडी बरमन)ले म्यूजिकपाँच सेकेण्डमा कम्पोज गर्नुभयो । राम्रो कुराहरु यसरी बन्छन्’, उनले भनेकी छन् ।