प्रधानमन्त्री पत्नी सीताको अवस्था गम्भीर, कहिल्यै निको नहुने रोग के लाग्यो ? 

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

अवस्था गम्भीर भएपछि उनलाई आज नर्भिक अस्पताल भर्ना गरिएको छ । उनलाई नर्भिकको इमरजेन्सी कक्षमा भर्ना गरिएको हो ।

सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी पीएसपीबाट पीडित छिन् । चिकित्सकका अनुसार यो पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ । यसले मानिसको सन्तुलन, हिँडडुल गर्न, बोल्न कठिनाइ हुने गर्छ ।