काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको हो।
बिहिबार प्रति तोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २ सय ५० रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५५ रुपैयाँले घटेको छ। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको थियो।