नेपालमा थप ३० जनामा काेराेना संक्रमण, जम्मा सक्रिय संक्रमित कति ?

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले १६ सय ३० जनाको नमुना परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

बिहीबार ३१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रिमतको संख्या १ सय २० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।