पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न अदालतको आदेश

एजेन्सी - पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको नाटकीय गिरफ्तारीलाई गैरकानूनी भन्दै तत्काल रिहा गर्न आदेश दिएको छ ।

खानलाई बिहीबार सर्वोच्च अदालतमा उपस्थित गराउदा वकिलहरूले इस्लामावादको उच्च अदालत परिसरबाट उहाँको गिरफ्तारी गैरकानूनी भएको तर्क गरेका हुन् । खानको गिरफ्तारीपछि पाकिस्तानभर हिंसा भड्किंदा करिब १० जनाको मृत्यु भइसकेको छ ।