समिक्षाको नयाँ गीत’रुदै हिड्नु पर्छ’ सार्वजनिक

काठमाण्डौँ - गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘रुदै हिड्नु पर्छ’ को भिडियोसहित सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अधिकारीसँगै गायिका सुनिता बुढा क्षेत्री र गायक सुवास खत्रीको पनि स्वरमा रहेको छ ।

’रुदै हिड्नु पर्छ ’ बोलको लोक तथा दोहोरी गीतमा सुजित खत्रीको शब्द तथा हेमन्त कान्छा रसाइलीको संगीत रहेको छ । गीतमा सारिका केसी र दिनेश पुरीको अभिनय रहेको छ ।

 

https://youtu.be/QZsdUV_IPLs