images

जनकपुर मा ओली को कार्यकर्ता द्वारा भव्य स्वागत

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न नेता–कार्यकर्ताहरु जनकपुर विमानस्थलको धावनमार्गसम्मै पुगेका छन् । काठमाडौंबाट विमानमा जनकपुरधाम आएका अध्यक्ष ओलीलाई नेता तथा कार्यकर्ताहरू स्वागत गरेका हुन् । उनको स्वागतका लागि पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, रघुवीर महासेठ, केन्द्रीय सदस्य उमाशंकर अरगरियालगायतका नेता विमानस्थल पुगेका थिए । सुरक्षा संवेदनशीलताका कारण यसरी विमानस्थलको धावनमार्गसम्म पुग्न पाइँदैन । तर एमाले कार्यकर्ताहरुलाई प्रहरी र विमानस्थलका कर्मचारीहरुले रोकेनन् । एमालेकै नेताहरूले पनि रोक्न चाहेनन् । ओली एती एयरलाइन्सको जहाज चढेर काठमाडौंबाट जनकपुर पुगेका छन् । अध्यक्ष ओलीले जनकपुरधामस्थित पार्टी कार्यालयको नयाँ भवनको उद्घाटनसमेत गर्ने छन् । त्यसपछि उनले जनकपुरको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा आज दिउँसो १ बजे प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । 

बुधबार २४ असोज २०८० ०२:०६ PM मा प्रकाशित

प्रतिक्रिया