images

१५ घण्टापछि नेपाल फर्कनेछ काठमाडौंबाट उडेको इजरायल जाने जहाज

नेपाल एयरलाइन्स स्रोतबाट प्राप्त प्रस्तावित उडान तालिका अनुसार यो जहाज स्थानीय समय अनुसार २ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने छ । जहाज ४ घण्टा ४० मिनेटको उडानपछि स्थानीय समय अनुसार ५ बजेट २५ मिनेट जाँदा दुबईस्थित विमानस्थलमा अवतरण गर्नेछ । दुबईबाट स्थानीय समय अनुसार ४ बजेर ३० मिनेटमा उड्ने यो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने स्थानीय समय अनुसार राति १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ । नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले उडानका लागि आवश्यक अनुमति लिने काम यतिबेला तदारुकताका साथ भइरहेको जानकारी दिए ।

बुधबार २४ असोज २०८० ०४:३९ PM मा प्रकाशित

प्रतिक्रिया