images

‘नेपालमा दक्षिण एशियाको राजनीतिकद्वन्द्वको प्रभाव पर्न थाल्यो, सचेत हुनुपर्छ’

काठमाडौं । नेपालीकांग्रेस नेताएवं केन्द्रीय सदस्य डा. शेखर कोइरालालेदक्षिण एशियाको राजनीतिकद्वन्द्वको प्रभाव नेपालमा समेत परेको उल्लेख गरे । उनले मुलुकनसोचिएको संकटतर्फ जानेहोकि भनेर सचेत हुनुपर्ने बेलाआएको बताएका छन् । आइतबार कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै डा.कोइरालाले राष्ट्रियता र लोकतन्त्रकमजोर हुँदा घरेलु प्रतिकृयावादीमात्रनभईअन्तर्राष्ट्रिय शक्ति केन्द्र समेत रजाईं गर्न पछि नपर्ने हुँदाकांग्रेस यसमागम्भीरहुनुपर्ने बताए । उनले भने, ‘दक्षिण एशियाको राजनीतिक द्धन्द्धले नेपाल र नेपालीको मनोभावमाथिप्रभाव परेको म बुझ्दछु । यसमा केन्द्रियकार्यसमितिगम्भीर हुनुपर्छ । मुलुकनसोचिएको संकटतर्फ जाने हो कीभन्ने चिन्ता सवै नेपालीमा छाएको छ । राष्ट्रियता र लोकतन्त्रकमजोर हुँदा घरेलु प्रतिकृयावादीमात्रहोइनअन्तराष्ट्रिय शक्ति केन्द्रले पनिहामीमाथि रजाईं गर्न पछि पर्दैनन् ।’ नेता र राजनीतिप्रतीजनताको बितृष्णा बढ्दै गइरहेको उल्लेख गर्दै कोइरालाले  राजनीतिक दल, नेता, प्रणाली र संविधानमाथि नै जनता असन्तुष्ट रहेको बताए । त्यस्तै, नेताकोइरालाले वर्तमान गठवन्धन सरकार निर्माणको क्रममा संविधान सुधार र राजनीतिक स्थायित्वको कुरा गम्भीरतापूर्वक उठाइएकोउल्लेख गर्दैसरकारले संविधान संशोधनमार्फत देशमा राजनीतिक स्थायित्वदिनुपर्ने बताए । वर्तमान सरकार गठनको सन्दर्भमा नेपालीकाँग्रेस र एमालेले सुशासनको धेरै प्रतिबद्धता गरेकोभएपनिव्यवहामासंघ र प्रदेशमामन्त्रीहरु छनौटले सुशासनलाई जिस्काईरहेको उनको धारणा थियो । ‘वर्तमान गठबन्धनको प्रमुखकार्यभार संविधान संशोधनको प्रकिया अगाडी बढाउँने हो । निसन्देह दुई ठुला दल मिल्नुको औचित्य संविधान संशोधनलगायत साझा राष्ट्रिय कार्यसूचिबनाएर जनभावनाअनुसार कार्यान्वयनमा लैजान सक्दाआमजनताको भरोसा र विश्वास जित्न सकिन्छ । नेपालको संविधानआम नेपालीको साझा दस्तावेज हो । यसमा गरिने सुधारको प्रकृया अगाडी बढाँउदा संविधानको स्विकारोक्तिमा आम नेपालीभावना जोडिनुपर्छ । त्यस्तै, साझा राष्ट्रिय कार्यसूचिबनाउँदा नेपालीकांग्रेसले आफ्नो घोषणापत्रमा भएका प्रतिवद्धताहरुलाई विर्सन मिल्दैन । दुई ठुला दल मिलेर बनेको सरकार वर्तमान परिस्थितिमा संसदीय गणितको घमण्ड र राजनीतिकआग्रह र पूर्वाग्रहमाअल्झेर होइन सोझै जनताप्रतीउत्तरदायीहुनसक्दामात्रअहिले देखिएका अनेकन् लोकतन्त्रविरोधीशक्तिलाई परास्त गर्न सकिन्छ,’ उनको भनाइ छ । 

नेपालीकांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेस केन्द्रीय समिति बैठकमा राखेको धारणाको सम्पादितअंश ः 
आदरणीय सभापतिज्यू,
पदाधिकारीज्यूहरु र उपस्थितकेन्द्रिय सदस्यहरु,
१.आजभन्दा झण्डै पाँचदशक अगाडि नेपालीकांग्रेसका पथप्रदर्शक जननायकविपी कोइराला दक्षिण एशियामाउत्पन्न राजनीतिकउतार चढावले नेपालको राष्ट्रियता कमजोर हुन्छ भनी प्रवासबाट स्वदेश फर्कनु भएको थियो । प्रजातन्त्र र राष्ट्रियता एक अर्काका पुरक हुन र यिनलाई भिन्न–भिन्न रुपमा हेर्नु हुन्नभन्ने उहाँको मान्यताथियो । 
आज फेरी एकपटक दक्षिण एशियामा राजनीतिकहलचल छाएको छ ।निर्वाचित सरकारहरु माथिधावाबोलिएको छ । जनताको अभिमतप्रतिअविश्वासको खाडल निर्माण गरिंदैछ । अर्थात दक्षिण एशियाअन्तराष्ट्रिय राजनीतिको क्रिडास्थल भएर नेपाल जस्तो देश चेपुवामा पर्ने संभावना बढेको छ । 
२. दक्षिण एशियाको राजनीतिक द्धन्द्धले नेपाल र नेपालीको मनोभावमाथिप्रभाव परेको म बुझ्दछु । यसमा यो केन्द्रियकार्यसमितिगम्भिर हुनुपर्छ भनी मैले माथिविपी कोइरालाको स्मरण गर्नु परेको हो । मुलुकनसोचिएको संकटतर्फ जाने हो कीभन्ने चिन्ता सवै नेपालीमा छाएको छ । राष्ट्रियता र लोकतन्त्रकमजोर हुँदा घरेलु प्रतिकृयावादीमात्रहोइनअन्तराष्ट्रिय शक्ति केन्द्रले पनिहामीमाथि रजाईं गर्न पछि पर्दैनन् ।
३. बंगलादेशको घटनाले हामी सवैलाई उद्धेलित गरेको हुनुपर्छ । नेपालमाबंगलादेशको जस्तो घटना दोहरिन नदिन राजनीतिमा मूल्यपद्धति र नैतिकपक्षशसक्त हुनुपर्छ भन्ने पाठ बंगलादेश घटनाले हामीलाई सिकाएको छ । नेता र राजनीतिप्रतीजनताको बितृष्णा बढ्दो छ । राजनीतिक दल, नेता, प्रणाली र संविधानमाथि नै जनता असन्तुष्ट छन् भनीअहिले नेपालमा एउटा “वेभ“ सृजना गर्न खोजिदै छ । यसलाई मध्यनजर गर्दै राष्ट्रिय राजनीति, अन्तराष्ट्रिय राजनीतिमा देखिएको असंगती र अस्थिरतालाई देशको जिम्मेवार र ठुलो दल भएको नाताले गम्भिरतापूर्वक सोचौँ ।
४. वर्तमान गठवन्धन सरकार निर्माणको क्रममा संविधान सुधार र राजनीतिक स्थायित्वको कुरा गम्भिरतापूर्वक उठाईएको छ । छिटो–छिटो सरकार गठन र बिघटन भैरहँदाविकासका गति अगाडी बढेनन् र जनताले सुशासनको अनुभुति गर्न पाएनन् भनेर मैले नै केही समय अगाडी देखीभन्दै आईरहेको हुँ । तसर्थ दुई ठुला दल मिलेर सरकार बनाऔँ र संविधान संशोधनमार्फत देशमा राजनीतिक स्थायित्वदिऔँ भन्ने आवाज उठाएको हुँ ।
वर्तमान गठबन्धनको प्रमुखकार्यभार संविधान संशोधनको प्रकिया अगाडी बढाउँने हो । निसन्देह दुई ठुला दल मिल्नुको औचित्य संविधान संशोधनलगायत साझा राष्ट्रिय कार्यसूचिबनाएर जनभावनाअनुसार कार्यान्वयनमा लैजान सक्दाआमजनताको भरोसा र विश्वास जित्न सकिन्छ । नेपालको संविधानआम नेपालीको साझा दस्तावेज हो । यसमा गरिने सुधारको प्रकृया अगाडी बढाँउदा संविधानको स्विकारोक्तिमा आम नेपालीभावना जोडिनु पर्छ । त्यस्तै, साझा राष्ट्रिय कार्यसूचिबनाउँदा नेपालीकांग्रेसले आफ्नो घोषणापत्रमा भएका प्रतिवद्धताहरुलाई विर्सन मिल्दैन । 
दुई ठुला दल मिलेर बनेको सरकार वर्तमान परिस्थितिमा संसदीय गणितको घमण्ड र राजनीतिकआग्रह र पूर्वाग्रहमाअल्झेर होइन सोझै जनताप्रतीउत्तरदायीहुनसक्दामात्रअहिले देखिएका अनेकन् लोकतन्त्रविरोधीशक्तिलाई परास्त गर्न सकिन्छ ।  
५. वर्तमान सरकार गठनको सन्दर्भमा नेपालीकाँग्रेस र एमालेले सुशासनको धेरै प्रतिबद्धता गरेका छन । तर व्यवहारमा संघ र प्रदेशमामन्त्रीहरु छनौटले सुशासनलाई जिस्काईरहेको छ । हामीकिन यसरी सुशासनको सन्दर्भमा बारम्बर चुक्दै छौँ ?
६. सरकार छ भन्ने अनुभूतिआमनागरिकलाई संकटको समय सवैभन्दा बढी हुन्छ । अहिले तीनेपालीहरुकाविच सरकार पुग्नुपर्छ जो बाढी, पहिरो, दुर्घटना र प्राकृतिकप्रकोपका अनेकन् समस्याहरुसंग जुध्दै छ । तिनको उद्धार, राहत, उपचार र पुनर्स्थापना सरकारको प्रमुखदायित्यहो । म चाहन्छु हामी संलग्नभएको सरकारले यस मानवीयकार्यलाई एकछिन पनि ढिलो नगरी सम्बोधन गर्ने सक्रियता देखाओस ।  
लोकतन्त्रमामुल कुरा जनता र सरकार विचको सम्बन्धहो, सरकारप्रतिआमनागरिकको भरोसा र विश्वास हो । यस्तो भरोसा र विश्वास सृजना गर्ने निकायहरु सरकारी सेवाप्रदायक संवैधानिक संस्था र निकायहरु हुन । 
सरकारी निकायमा राजनीतिकरण भएर तिनको प्रभावकारिताभुत्ते भएका छन् भनीहामीलाई स्विकार्न कुनै संशय छैन । तर पनिकेही सरकारी निकाय र संस्थाहरुले यस विच नेपालीजनतामाझआफ्नो औचित्य र उपदेयता प्रमाणित गरेका छन । यस्ता संस्था र निकायहरुमाभएका कैयनव्यक्तिले प्रतिकुल परिस्थितिमापनि राष्ट्रले गौरव गर्ने काम गरेका छन । 
यहाँ म उदाहरण प्रस्तुत गर्न चाहन्न, तर खवरदारी भने नगरी रहन सक्दिन । लोकतन्त्रको जग तवमात्रबलियो हुन्छ, जब संस्थालाई लोकतान्त्रीकरण र पारदर्शी ढंगले चलाईन्छ । 
७. प्रदेश संरचनाको सम्बन्धमाः–
क. वर्तमान संविधान जारी भएको यतिकाबर्ष भइसक्दापनिप्रदेशले संविधानअनुरुपपाउनुपर्ने अधिकार पनिपाएका छैनन् । खासगरी बित्तिय संघीयता र प्रशासनिक संघीयतामा देखिएको कमजोरीले संघियता सम्बन्धीगुनासो छ र यसको औचित्य स्थापित गर्न अप्ठ्यारो भइरहेको छ । तसर्थ दुई ठुला दल मिलेर सरकार बनाउनुको सार्थकताप्रदेशलाई हरेक प्रकारले सशक्त र प्रभावकारी बनाउनेतर्फ पहल गर्नुपर्छ । 
ख. नेपालीकांग्रेसको विधानमाप्रदेश कार्यसमितिलाई अझबलियो बनाउने गरी विधान संशोधन गरौँ । केन्द्रले नियमन गर्ने र प्रदेशले कार्यक्रम गर्ने गरी संगठनका काम गर्न व्यवस्था गरौँ । 
८. तपाईंको नेतृत्वमाविगत आठ वर्ष देखि कांग्रेसले राष्ट्रिय राजनीतिमानिर्वाह गरेको भूमिकाको समिक्षा म यहाँ गर्न चाहन्न । कांग्रेस हिजो किनखुम्चियो र आज फेरी किन गठवन्धनको कारण ठुलो दलको रुपमा संसदमाउपस्थित छ, यधपीकांग्रेसको जनाधार खुम्चिएको निर्वाचनले देखाएको छ । यि सवैको वस्तुनिष्ठ समिक्षा गर्ने जिम्मा म इतिहाँसलाई छाडिदिन्छु । 
मेरो आग्रह सवै केन्द्रियकार्यसमितिलाई साक्षि राखेर के मात्र छ भने कांग्रेसको १५औँ महाधिबेशनलम्बाउने कुनै प्रपञ्चनगरौँ । पार्टीको बिधान र नियमावलीमा गर्नुपर्ने संशोधनकालागीअबिलम्ब समितिहरु बनाऔँ । १४औँ महाधिबेशन देखीथाँती रहेका क्रियाशिल सदस्यतालगायतका समस्याहरु तत्काल समाधान गरी २०८२ मंसिरमा १५औँ महाधिबेशन गर्ने सुनिश्चिततायही केन्द्रिय समिति बैठकले गरोस । यो वात्यो वहानामामहाधिबेशन सार्ने कामभयो भने त्यसले कांग्रेस र लोकतन्त्रदुवैलाई दुर्घटनातर्फ लैजान्छ । ठिक चारवर्षमा कांग्रेसको महाधिबेशनहोस । मैले यसो भनिरहँदा म यहाँविग्रिएको प्रणालीलाई ट्रयाकमा ल्याउने मनाशयवाट यो कुरामा जोड दिईरहेको छु । म क्रियाशिल सदस्यतावितरण र महाधिबेशनको लागिजिम्मेवारी पाएका साथीहरुलाई पनि समयवद्ध कार्यतालिकाबनाएर यथा समयमा पार्टी महाधिबेशन सम्पन्न गर्ने तयारीमा जुटौँ भनीविनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु ।
९. अब पनि पार्टीलाई विधानअनुसार समयवद्ध तरिकाले संचालन गर्ने परिपाटी नचलाएकहिलेवाट यो संस्कार विकसित गर्ने ? समय गुज्रेर गरिने कुनै पनिकार्य प्रभावकारी हुँदैन । अहिले पनिनबुझे कहिले बुझने ? जसरी समयगुज्रेको औषधीले विरामीनिको पार्दैन त्यसैगरी समयमा सम्पन्नहुनुपर्ने पार्टीका कामहरु नगर्दा त्यसको प्रभावकारिताहुन्न । 
१०.अहिले राजनीतिमालोकरिझ्याई(पपुलिज्म) हावीभएको छ । हाम्रो पार्टी पनिलोकरिझ्याईबाट अछुतो छैन । कांग्रेस पार्टीको आफ्नै मौलिकता, आदर्श र सिद्धान्त छ तर अहिले यसलाई बिर्सेर सामाजिक सञ्जाल र लोकरिझ्याईले पार्टीलाई डोर्याउनखोजेको जस्तो देखिन्छ । यसले पार्टी कहाँ पुग्छ वेलैमा सोचौँ ।
अन्तमा, गठवन्धन सरकारको नेतृत्वहाम्रो राजनीतिकप्रतिस्पर्धीले गरिरहेका छन । म यहाँहाम्रो राजनीतिकप्रतिस्पर्धी कस्ता छन र भावीदिनमा के गर्लान भनी अड्कल काट्न चाहन्न । तर अहिले सरकारमा गएकाहाम्रा साथीहरुले जनताको विश्वास र मन जित्नेगरी काम गर्न सकेनन् भने हाम्रो पार्टीमा नसोचेको गिरावट आउने खतरा म देख्छु । 
सुशासन केवलशब्द रटान र पार्टीको घोषणापत्रमा लेखिने कुरा मात्रहोइनआमनागरिकले अनुभूति गर्ने कुरा हो । कांग्रेस नवनिर्माणको वाटो, पार्टीमा मूल्य र सिद्धान्तको नवनिर्माण अभियान, सरकारमा गएकाहरुको सुशासनप्रतिको निष्ठा र पार्टीमा आवद्ध साथीहरुको एकतावद्ध प्रयासवाट मात्रकांग्रेस रुपान्तरण सम्भव छ, तसर्थ भविष्यको कांग्रेसको नयाँ राजमार्ग यिनै वाटोवाट मात्र बन्छ भनीविश्वासका साथहामी अघि बढौं । जय नेपाल ।
डा. शेखर कोइराला
सदस्य, नेपालीकांग्रेस केन्द्रियकार्यसमिति
२०८१ श्रावण २७
 

आइतबार​ २७ साउन २०८१ ०४:१४ PM मा प्रकाशित

प्रतिक्रिया