images

देशलाई सिस्टममा लैजानयुवाको भूमिका महत्वपूर्ण ः मन्त्री सिंह

काठमाडौं । उपप्रधानएवम सहकारी विकासमन्त्रीप्रकाशमान सिंहले सिस्टममा देशलाई अगाडि बढाउनको लागियुवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजितअन्तर्राष्ट्रिय युवादिवसको अवसरमा आयोजितकार्यक्रममाउनले युवाहरुले राजनीतिकअधिकारका लागिमात्र लडेको नभई सामाजिक,आर्थिक,राजनीतिक र पद्धतिमा देशलाई अगाडि बढाउनको लागि धेरै ठूलो भूमिकानिर्वाह गरेको बताए । उनले भने,‘समाज परिवर्तनमायुवाहरुको भूमिका धेरै छ । युवाहरुले राजनीतिकअधिकारका लागिमात्र लडेका छैनन्, सामाजिक,आर्थिक,राजनीतिक र पद्धतिमा देशलाई अगाडि बढाउनको लागियुवाहरुको भूमिका धेरै ठूलो हुने भएका कारण सबै जिम्मेवारीहरुलाई ख्याला राखेर आगामिदिनमा राम्रो गर्दै जानुपर्छ ।’ उनलेप्राप्त गरेकाअधिकारहरुलाई सुरक्षित राख्दैअझ परिमार्जन गर्दै कार्यान्वयनपक्षमाभएकाकमजोरीलाई सुधार्न आवश्यक रहेको बताए । ‘हामीले राजनीतिकअधिकार पाइसकेका छौं । संविधानपछि प्राप्त गरेका जुनअधिकारहरु छन् ।तीअधिकारहरुलाई अबसुरक्षित राख्दै अझ परिमार्जन गर्दै कार्यान्वयनपक्षमा केहीकमिकमजोरी भएको छ भने सुधार्न आवश्यक छ ’उनले भने । 
देशको सुधार र परिवर्तनमा एक अर्कालाई आरोप लगाएर मात्रसमाज र देशको अवस्था नसुध्रिने बताए । 
 

आइतबार​ २७ साउन २०८१ ०४:०९ PM मा प्रकाशित

प्रतिक्रिया