साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को अनौठो माया सार्वजनिक

 काठमाडौँ - विगत चार दशकदेखि नेपाली भाषा र नेपाल भाषामा निरन्तर कलम चलाउँदै आएका विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को साहित्यिक कृति अनौठो माया उपन्यास एक भव्य समारोहबीच राजधानीमा सार्वजनिक गरिएको छ ।

ओएस नेपालको आयोजनामा ओएस नेपाल म्युजिक अवार्ड २०८० को नोमिनेसन प्रमाणपत्र वितरण कार्यक्रमका प्रमुख अथिति संघीय मामिला तथा प्रशासनमन्त्री अमनलाल मोदीबाट उपन्यास सार्वजनिक गरिएको हो । अनौठो माया ९उपन्यास० का लेखक सुरेन्द्र महर्जनले आफ्नो उपन्यासभित्रका कथा काल्पनिक मात्रै नभएर अहिलेको जवानामा यथार्थमा पनि कहीँकतै आफ्नो बनेर धोका दिने मान्छेहरू धेरै हुने भएको कारण कथालाई अलग्गै तरिकाले उपन्यासमा समेटिएको बताए । नाम र मान्छेलाई पात्रको कुनै माध्यमबाट सम्बोधन गरे पनि कसैलाई होच्याउने नगरिएको उनको भनाइ छ ।